बिश्वास र भरोसाको सहकारी: अध्यक्ष रायमाझी

सिन्धुपाल्चोक दुई हजार बढीका संख्यामा सहकारी संस्था संचालित छन् । ती मध्य सयका हाराहारीमा मात्रै सहकारीले आफूलाई स्थापित गर्न सकेका छन् । यस्तै स्थापित सहकारीमा श्री तपाई हाम्रो नमूना साना किसान कृषि सहकारी संस्था लिमिटेड पनि एक हो । उक्त सहकारी बाह्रबिसे नगरपालिका-९ राम्चेमा रहेको छ । यो सहकारी सिन्धुपाल्चोकमै कृषि क्षेत्र अन्तर्गतको सबैभन्दा ठूलो र उत्कृष्ट सहकारीमा गनिन्छ् ।

सो सहकारीले ग्रामीण क्षेत्रलाई समेटेर सदस्यका जीवनयापनमा परिर्वतन ल्याउदै आएको छ । पशु बीमा, बाली बीमा लगायत कृषि क्षेत्रको बिकासमा उक्त सहकारीले मुलमन्त्र बनाएर कृषकको हितमा काम गर्दै आएको छ ।

उत्पादनमूलक क्षेत्रमा काम गर्दै आएको नमूना सहकारीले सामाजिक उत्तरदायित्वका क्षेत्रमा पनि अनुकरणीय कार्य गर्दै आईरहेको छ । सो सहकारीको अहिले आफ्नै भब्य महल छ । उक्त भवनबाट सेवा संचालन गरेको अवसरमा त्यस सहकारीका अध्यक्ष शेर बहादुर रायमाझीसँग पत्रकार चित्र मिजारले गर्नुभएको सवांद संक्षेप :

१) तपाई अध्यक्ष हुनु अघि सहकारी कस्तो अबस्थामा थियो ?

सर्वप्रथम त तपाई र तपाईको यस मिडियालाई धन्यबाद दिन चाहन्छु कि, हाम्रो यस सहकारीको बारेमा कुरा राख्न दिनु भएकोमा । म अध्यक्ष हुनु अघि उपाध्यक्ष थिए । सो समयमा हाम्रो यस सहकारी सिन्धुपाल्चोकमै कृषि क्षेत्रमा उत्कृष्ट कार्य गर्ने नामले परिचित थियो ।
उक्त समयमा बैंकिङ क्षेत्रमा लामो अनुभव हाँसिल गर्नु भएको सामाजिक ब्यक्तित्व (श्याम बहादुर भुजेल) अध्यक्ष हुनु हुन्थ्यो । उहाँको अनुभवका कारण सहकारीको उचाई ह्वात्तै अघि बढेको थियो ।

सिन्धुपाल्चोकका सहकारीका भीडमा यो सहकारी त्यसबेला नै उत्कृष्ट भित्र परेको थियो । सहकारीका शेयर सदस्य, संचालक समिति, बिभिन्न उपसमिति, कर्मचारी, साधारण सदस्य, सबैको अथक मेहनतले सो बेला देखि नै यस सहकारी सदस्यको बिश्वास र भरोसाको सहकारी भनेर पहिचान बनाउदै आएको छ । यो इज्जत हामीले संधै कायम राख्ने पनि छौं ।

२) भाडाको कोठाबाट शुरु भएको यस सहकारी अहिले आफ्नै भब्य महलमा आईपुगेको छ नी ?

२०७१ सालमा भाडाको कोठाबाट सदस्यलाई सेवा दिन शुरु गरेको यस सहकारी अहिले आफ्नै भब्य महलमा आईपुगेको छ । यो हामी सबैको निरन्तरको मेहनतका कारण सफलता हाँसिल भएको हो । शेयर सदस्य, संचालक समिति, बिभिन्न उपसमिति, कर्मचारीका उत्कृष्ट मेहनतले हामी भाडाको घर हुदैं आफ्नै भवनमा आईपुगेका हौं ।

हाम्रो सहकारीलाई माया र सहयोग गर्ने सबै सहकारीप्रेमीको सद्धभावले पनि हामी आफ्नै भवनमा आईपुगेका हौं । यसको श्रेय सबैलाई जान्छ । भब्य भवनबाट हामीले सदस्यलाई सहज र सरल रुपमा सेवा दिईरहेका छौं । बाह्बिसे नगरपालिका-९ राम्चे बजारमा हामी आफ्नै निजी भवन बनाएका छौं । आफ्नै भवनबाट सेवा दिदाँ हामी अत्यन्तै उत्साही भएर सेवा दिईरहेका छौं ।

३) तपाई अध्यक्ष चयन हुनु भएपछिका सहकारीका प्रगति बारे भनिदिनोस् न ?

सहकारीमा आबद्ध हामी सबैले सहकारीलाई कसरी प्रगतिमा लैजान सकिन्छ र सदस्यको हितमा कसरी काम गर्न सकिन्छ भनेर ब्यापक छलफल गरी योजना बनाउने र सो योजना सदस्यको हितमा छ कि छैन् भनेर पुनः छलफल गरेर काम अघि बढाउने गरेका छौं । हामी सबैले सहकारीलाई महत्वका साथ अघि बढाएका कारण सहकारीले सिन्धुपाल्चोकमै छुट्टै पहिचान बनाउन सकेको छ । अब सहकारीको प्रगतिका बारे भन्नुपर्दा पहिलो त सहकारीको आफ्नै निजी भवन बनाएका छौं । पशु बीमा, बाली बीमा गर्दै आएका छौं ।

नगरपालिकासँग समन्वय गरेर कृषकलाई ५० प्रतिशत अनुदानमा आधुनिक कृषि औजार, ५० प्रतिशत अनुदानमा माउरी घार, बीउ बीजन, बंगुरपालान सुधार कार्यक्रम, दुध ढुवानी गर्ने क्यान निशुल्क बितरण, बिभिन्न स्वास्थ शिविर, रेबिज खोप, बिभिन्न रेमिटायन्स सेवा, तरकारी खेती, नगदेबालीमा सहयोग, शिक्षामा छात्रवृत्ति, कोभिड-१९ नियन्त्रण र रोकथामका लागि आर्थिक सहयोग, मुटुरोगी, क्यान्सरपीडितलाई आर्थिक सहयोग र जनचेतनामूलक अभियान, बिभिन्न विपदमा परेकालाई सहयोग लगायतका  सामाजिक परोपकारी काम गर्दै सहकारीको आफ्नो छुट्टै पहिचान बनाएका छौं ।

४) आगामी योजना के छन् ?

२०७७ असार २५ गते भोटेकोशी बाढी र खाग्दल बाढीले नष्ट गरेको एकीकृत बंगुर फर्मलाई पुनः स्थापना गर्ने निर्णय गरेका छौं । राम्चे बजारमा आधुनिक कृषि बजार संचालनमा जुटिरहेका छौं । थप क्षमता बृद्धिका लागि कर्मचारीलाई तालिम, तीनै तहका सरकार र बिभिन्न निकायसंग समन्वय कृषकका हितमा मल, बीउ, आधुनिक औजार, मल, औषधी लगायतका काम गर्ने, पशु बीमा र बाली बीमालाई निरन्तर अगाडि बढाउने, बाह्रबिसे नगरले ब्यबसायिक रुपमा कृषकले काम गर्न लागेको सिफारिश गरेमा सहुलियत कर्जा प्रवाह गर्ने लगायतका काम गर्नेछौं भने आगामी दिनमा आवश्यकताको पहिचान गर्दै हामी कृषि क्षेत्रको बिकासमा सहकारीले मुलमन्त्र बनाएर कृषकको हितमा काम गर्नेछौं ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button