बाग्मती प्रदेश प्रमुख पदमुक्त

विष्णुप्रसाद प्रसाई बाग्मती प्रदेश प्रमुखबाट पदमुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईलाई पदमुक्त गरेकी हुन् ।
मन्त्रिपरिषदको बिहीबार बसेको निर्णयको आधारमा प्रधानमन्त्री शेरबहादुर देउवाले पदमुक्त गर्न सिफारिस गरेपछि प्रसाईलाई पदमुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।