माधव नेपाल र महन्थ ठाकुरको पार्टीका सदस्यहरुलाई नागरिकतासहित आयोगले बोलायो

काठमाडाैं । माधव नेपाल र महन्थ ठाकुरको पार्टीका सदस्यहरुलाई सनाखतका लागि निर्वाचन आयोगले बोलाएको छ ।

नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी) र ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालको दर्ताका लागि भदौ ९ गते सनाखत गर्ने निर्णय गरेको हो ।

आज बसेको आयोगको बैठकले माधव नेपालको नेतृत्वमा प्रस्तावित नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल दर्ताका लागि केन्द्रीय सदस्य र सांसदहरुको सनाखत गर्न लागेको हो ।

भदौ ९ गते बिहान साढे ११ बजेदेखि २ बजेसम्म सनाखतको समय छुट्याइएको र सोही दिन दर्ता हुन सक्ने आयोग स्रोतले जनाएको छ । उनीहरुलाई नागरिकतासहित उपस्थित हुन भनिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button