निवर्तमान सभामुख महराले पाए सफाइ

जिल्ला अदालत काठमाडौँबाट सफाइ पाएका छन् । अदालत को फैसलामा निवेदक कर्मचारी र महराले दिएको बयान एउटै भएकाले निर्दोष ठहर गरिएको उल्लेख गरिएको बताइएको छ ।
जिल्ला अदालत काठमाडौंका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले महराको इन्कारी बयान र निवेदकको बयान पनि मिल्न आएको कुरालाई पनि फैसलामा उल्लेख गरिएको बताए ।
“म त्यो दिन तीनकुनेस्थित कोठामा जाँदै गएको थिइनँ, र निवेकलाई पनि कुटपिट गरेको होइन भन्ने महराको बयान छ,” अदालत स्रोतले भन्यो,“निवेदकको बयान पनि महरा कोठामा नआएको र कुटपिट नगरेको भन्नेनै रहेको छ ।”
चश्माको खोल र जुत्ता पनि महराकै हो भन्ने पुष्टि नभएको फैसलामा उल्लेख गरिएको स्रोतले जानकारी दियो ।