पत्रकारलाई पि.पी.ई र स्वास्थ्य साम्रगी वितरण

निरोज तोलाङे /  ललितपुर, भदौ १२ गते ।  कोविड्–१९ को अग्रभागमा रही निरन्तर सूचना सम्प्रेषण गरी नागरिकलाई सु–सूचित गराउन अहोरात्र खटिनु भएका काठमाण्डौँ उपत्यकामा कार्यरत पत्रकारहरूलाई स्वास्थ्य सामाग्री तथा पि.पी.ई. प्रदान गरिएको छ ।

मर्सी मिशन मिडियाको समन्वयमा नेपाल ख्रीष्टिय राहत सेवाको सहयोगमा शुक्रवार स्वास्थ्य सामाग्री तथा पि.पी.ई. वितरण गरिएको हो ।
विभिन्न पत्रपत्रिका र अनलाइनमा मिडियामा कार्यरत २० जना पत्रकारहरुलाई सामाजिक अभियान्ता वि.पी. खनाल, संस्थाका कार्यकारी निर्देशक रोमी के.सी. नेपाल प्रेस यूनियन ललितपुर शाखाका उपाध्यक्ष केदानाथ दाहालले सहयोग वितरण गर्नुभयो । सहयोग पाएपछि अग्रभागमा रही रिर्पोटिङ गर्नुहुने जनता टि.भि.का पत्रकार कमला हमालले संस्थालाई धन्यवाद दिनुहुँदै कोविड् १९ को यो विकराल अवस्थामा वितरण गरिएको यो स्वास्थ्य साम्रगीले सूचना संकलनमा ठुलो मद्धत गर्ने बताउनुभयो ।

सहयोगी संस्थाका उपाध्यक्ष दिल बहादुर थापाले यो माहामारीको अवस्थामा अग्रभागमा रहि निरन्तर आम नागरिकलाई सूचना प्रवाह गरी सूचित गर्नुहुने कार्य गर्नुहुने पत्रकारलाई यो अवस्थामा उपहार स्वरुप प्रोत्साहन गर्ने उदेश्यले वितरण गरिएको बताउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button