राजनीतिक आधारमा नियुक्त गरिएका सबै राजदूतलाई फिर्ता बोलाउने सरकारको निर्णय

काठमाडौं । राजनीतिक आधारमा नियुक्त गरिएका राजदूतहरुलाई फिर्ता बोलाउने सरकारले निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले पूर्ववर्ती सरकारले राजनीतिक भागवण्डाका आधारमा नियुक्त गरेका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवम् कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले परराष्ट्र सेवाका ‘करिअर डिप्लोम्याट’ बाहेकका राजनीतिक निर्णयका आधारमा नियुक्त गरिएका राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय भएको जानकारी दिए । परराष्ट्र सेवाका राजदूतहरु भने यथावत रहने बताइएको छ ।