नेपाल आइडल सिजन ३ को विजेता बनिन् सज्जा चौलागाईं

काठमाडौं । चर्चित गायन रियालिलिटी सो ‘नेपाल आइडल-३’ को उपाधी सज्जा चौलागाईंले हात पारेकी छन्।

शुक्रबार काठमाडौं स्टुडियोमै आयोजना भएको ग्रान्ड फिनालेमा उनी तेस्रो नेपाल आइडल घोषित भएकी हुन।

यस्तै फस्ट रनरअप बने प्रवीण बेडुवाल र सेकेन्ड रनरअप किरणकुमार भुजेल।

विजेता भएपछि सज्जाले नेपाल आइड–३ को उपाधिसहित ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेकी छन्। यसैगरी फस्ट रनरअपले १५ लाख र सेकेन्ड रनरअपले पाँच लाख नगद प्राप्त गरेका छन्।

विभिन्न इलिमिनेसन राउन्ड पार गर्दै उत्कृष्ट३ मा पुगेका मध्येबाट तेस्रो नेपाल आइडल घोषणा गरिएको हो।

एपी वान एचडी टेलिभिजनबाट हरेक हप्ता बिहीबार र शुक्रबार यो प्रसारण हुँदै आएको थियो।

अन्तिम उपाधीका लागि उत्कृष्ट-३ मा सज्जा चौलागाईं, प्रवीण बेडुवाल र किरणकुमार भुजेल पुगेका थिए।

हजारौंबाट छानिएर उत्कृष्ट ३ मा पुगेका उनीहरूमध्येबाट एकलाई प्राप्त भोटको आधारमा विजेता चयन गरिएको हो।

कोरोना महामारीका कारण सीमित दर्शकको उपस्थितिमा नेपाल आइडल-३ को विजेता घोषित गरिएको हो।

देर्शकले विश्वभरबाट दिएको भोट र निर्णायकको मूल्यांकनका आधारमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नेपाल आइडलको विजेता घोषणा घोषणा गरेका हुन्।

लकडाउन भएको थिएन भने यो कार्यक्रम गत चैतमै कार्यक्रम सम्पन्न भइसक्थ्यो।

कोरोनाका कारण रोकिएको कार्यक्रम करिब तीन साताअघि पुनः सुरु भएको थियो। र आज उक्त कार्यक्रममले आफ्नो तेस्रो आइडल पाएको हो।

कार्यक्रमको निर्णायक मण्डलमा इन्दिरा जोशी, न्ह्यु वज्राचार्य र कालीप्रसाद बाँस्कोटा रहेका छन्।

यसअघि पहिलो नेपाल आइडल बुद्ध लामा र दोस्रो नेपाल आइडलको उपाधी रवि ओडले जितेका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button