विश्वभर साढे २ करोड व्यक्तिमा कोरोनाको संक्रमण, ८ लाख ४१ हजार बढीको मृत्यु

काठमाडौं । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९)बाट विश्वभर संक्रमित हुनेको संख्या झन्डै साढे २ करोड पुगेको छ ।
कोरोनासम्बन्धी तथ्याङ्क अध्यावधिक गरिरहेको वोर्ल्डोमिटरका अनुसार विश्वर कोरोना संक्रमितको संख्या २ करोड ४९ लाख बढी पुगेको छ ।
कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ लाख ४१ हजार नाघेको छ ।
वोर्ल्डोमिटरका अनुसार कोरोना भाइरसको संक्रमण देखिएकामध्ये १ करोड ७२ लाख बढी व्यक्ति संक्रमणमुक्त भएर डिस्चार्ज भइसकेका छन् ।
विश्वभर हाल ६७ लाख ६८ हजार बढी सक्रिय संक्रमित रहेका छन् ।
कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ६० लाख ९६ हजारभन्दा बढी पुगिसकेको छ । अमेरिकामा १ लाख ८५ हजार ९ सय बढीको मृत्यु भएको तथा ३३ लाख ७५ हजार जना उपचारपछि निको भएका छन् ।
यस्तै, ब्राजिलमा संक्रमितको संख्या ३८ लाख १२ हजार बढी पुगेको छ भने १ लाख १९ हजार बढीको मृत्यु भएको छ ।
कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित विश्वका मुलुकमध्ये तेस्रो स्थानमा रहेको भारतमा संक्रमितको संख्या ३४ लाख ४१ हजार बढी पुगिसकेको छ । भारतमा संक्रमणबाट मृत्यु हुनेको संख्या ६२ हजार ७ सय १३ रहेको छ भने २६ लाख ४७ हजार जना उपचार पछि निको भएका छन् ।