अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन आजदेखि सुरु

काठमाडौँ । सत्तासीन नेकपा (माओवादी केन्द्र)को भातृ संगठन अखिल क्रान्तिकारीको २२औँ राष्ट्रिय सम्मेलन आज बिहीबार काठमाडौं सुरु हुँदै छ ।

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुने सम्मेलनको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्ने कार्यक्रम रहेको अखिलका उपाध्यक्ष तिलक भण्डारीले बताए ।

बिहीबार उद्घाटन भएपछि शुक्रबार र शनिबार बन्दसत्रबाट नयाँ नेतृत्व चयन गरिने छ ।

क्रान्तिकारीको अध्यक्षमा तिलक भण्डारी, सुरेन्द्र बस्नेत, पञ्चा सिंह, दीपक देवकोटा, उत्तम अधिकारी र विजय गौतमले आकांक्षा देखाएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button