‘संगठन सुदृढीकरण गर्छु’– तिमल्सिना

बलेफी गाउँपालिका-८ का समाजसेवी सुवास तिमल्सिना भर्खरै नेपाली काँग्रेसको १४ औं महाधिबेशन अन्र्तगत बलेफी गाउँपालिका-८ इकाई समितिको सभापतिमा निर्बिरोध चयन हुनु भएको छ । सामाजिक युवा सञ्जालका अध्यक्ष भई गाउँका जनताको शिक्षा, स्वास्थ्य, बिभिन्न बिकास निमार्ण र संरचनामा महत्वपूर्ण योगदान गरेका तिमल्सिना सामाजिक अभियान्ता हुन् ।

काँग्रेसको बिधि, बिधान, सिद्धान्त, नीति तथा कार्यक्रमबारे प्रस्ट रहनु भएका तिमल्सिना काँग्रेस इकाई सभापति चयन भएपछि काँग्रेसको संगठन बिस्तार र सुदृढ हुने सबैले बिश्वास लिएका छन् । यसै बिषयमा आधारित रहेर इकाई सभापति तिमल्सिनासंग गरेको संबाद :

१) सभापतिमा निर्बिरोध चयन हुनु भएको छ, कस्तो लागि रहेको छ ?

सबैको माया ममता र साथ सहयोगले सभापतिमा चयन भए, खुशी लागिरहेको छ । साथै चुनौती थपिएको छ । बलेफी गाउँपालिका-८ कम्युनिष्टहरुको बाहुल्यता रहेको छ । उक्त बाहुल्यतालाई न्यूनिकरण गर्न र काँग्रेसीको संख्या बढाउन पर्ने चुनौतीलाई धर्यताका साथ काम गर्नुपर्ने जिम्मेवारी आएको छ । त्यो काम म पूरा गर्न सक्नेछु भन्ने बिश्वासमा छु । कम्युनिष्टहरुले सोझासाझा जनतामाथि राजनीतिक  शोषण गर्ने, राज्यबाट आएको बजेट आफूले ल्याएको भनेर जनतामाथि भ्रम छर्ने गरेका छन् । यसबारे जनतालाई स्पष्ट पार्दै शोषण र दमन बिरुद्ध लाग्ने छु । साथ-साथै वडाका अग्रज ब्यक्तित्वहरु, बुद्धिजिवीप्रति सम्मान गर्दै उहाँहरुको रायसल्लाह अनुरुप वडामा भएको समस्यालाई समाधान गर्न साझा भावनाले काम गर्नेछु ।

२) अब तपाईको वडामा काँगे्रस कसरी अगाडी बढछ् ?

हाम्रो वडामा नेपाली कांग्रेसको संगठन तीव्ररुपमा अगाडी बढछ् । पार्टीको संगठन बिस्तार र सुदृढीकरण गर्छू भनेर नै म सभापतिमा चयन भएको हुँ । पार्टीका अग्रज नेताहरु, समकक्षी नेता, कार्यकर्ता र काँग्रेसीहरुको साझा भावना, सरसल्लाह, राय सुझाव मुताबिक काम गर्ने छु । संगठन बिस्तारका लागि कुनै कसुर बाँकी राख्ने छैन् । पार्टीको माथिल्लो तहका नेता, वडाका अग्रज नेता, बुद्धिजिवी, समकक्षी नेता तथा वडाभरिका जनताले जुन माया बिश्वास गरेर सभापतिको जिम्मेवारी दिनु भएको छ । उहाँहरुले दिनु भएको माया ममतालाई आत्मसाथ गर्दै पार्टीको नीति, नियम, निर्देशन र मूल्य मान्यतामा रहेर काम गर्नेछु ।

३) अब के के योजना र काम गर्नु हुन्छ त ?

काँग्रेसलाई हाम्रो वडामा संधै जिताउनका लागि हाम्रो समितिले योजना तयार गरिरहेका छौ । केही समयपछि नै इकाई समितिले वडाभरका सबै कांग्रेसीहरु एकै थलोमा भेला गराएर पार्टी संधै जित्ने र वडाका सबै घरलाई कांग्रेस बनाउने अभियान लिएर हामी वडाबासीको घरघरमा पुग्नेछौं । वडाभरिका जनताका समस्या समाधानमा भूमिका खेल्दै वडालाई काँग्रेसमय बनाउने छौं ।
अहिले वडामा कम्युनिष्टहरुले ज्यादती गरेको अबस्था छ । हामी काँग्रेसीहरु त्यस्ता ज्यादती निमूलिकरण गर्न लागिरहेका छौं । अहिले पनि हाम्रो काम देखेर कम्युनिष्टहरुको सातो गएको छ । जनता र वडालाई दुरुपयोग गरेर कम्युनिष्टहरुले कमाउने कारखाना जस्तो बनाईरहेका छन् । त्यस्ता खराब तत्वलाई मूल्याङकन गर्नुपर्छ । वडाको बिकास र वडाबासीको समृद्धिमा हामी लाग्दै आएका छौ । अबको केही समयपछि हाम्रो बिभिन्न योजना शुरु हुन्छ । त्यस योजनाले वडाबासी सचेत र समृद्धि हुनेमा ढुक्क छौं ।

४) इकाई, गाउँ /नगर, प्रदेश, क्षेत्र, जिल्लामा कस्ता नेतृत्व चयन भएमा काँग्रेस मजबुत होला ? 

इकाईदेखि केन्द्रसम्म सक्षम र योग्य नेतृत्व चयन हुने कुरामा दुई मत छैन् । पार्टीको बिधि बिधान, सिद्धान्तमा रहेर सबैको भावना अनुरुप पार्टी चलाउन सक्ने, गुट उपगुटको अन्त्य गराउन सक्ने, पार्टीलाई समय सान्दर्भिक बनाउदै अघि बढाउन सक्ने, देश र जनताको सर्वोपरि हितमा लाग्ने, समृद्ध जनता, समृद्ध देश बनाउन सक्ने क्षमता भएको नेताहरु वडादेखि केन्द्र सम्म चयन हुनु पर्दछ । यसमा दुईमत नै छैन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button