कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय नाघ्यो, आज मात्रै थप १२ जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर ३ महिना र ९ पुरुष गरी १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

कोरोना संक्रमणाबाट मृत्यु हुने महिलामा पाल्पाकी ३० वर्षीया, काठमाडौंकी ५१ वर्षीया र भक्तपुरकी ६२ वर्षीया छन् ।

यस्तै, कोरोना संक्रमणबाट मृत्यु हुने ९ जना पुरुषमध्ये पर्सा र ललितपुर जिल्लाका २–२ तथा सिरहा, भक्तपुर, काठमाडौं, गोरखा र कास्कीका १–१ जना छन् ।

कोरोना संक्रमणबाट पर्साका ४८ र ४९ वर्षीय तथा ललितपुरका ६१ र ६४ वर्षका २–२ गरी ४ पुरुष छन् । यस्तै, सिरहाका ८४ वर्षीय, भक्तपुरका ८२ वर्षीय, काठमाडौंका ८३ वर्षीय, गोरखाका ३८ वर्षीय र कास्कीका ५८ वर्षीय पुरुषको पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिए ।

नेपालमा हालसम्म ३७ हजार ३ सय ४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमण देखिएकामध्ये २० हजार ५ सय ५५ जना निको भएका छन् भने १६ हजार ५ सय ७८ जना अझै संक्रमित छन् ।

संक्रमण देखिएकामध्ये २ सय ७ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुने दर ० दशमलव ५५ प्रतिशत रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button