एमाले विधान महाधिवेशनः ओलीले आज जवाफ दिने

काठमाडौं । नेकपा एमालेको जारी विधान महाधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज राजनीतिक प्रतिवेदनमा उठेका प्रश्नहरुको आज जवाफ दिंदैछन ।

त्यसैगरी महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव उपर उठेका प्रश्नहरुको जवाफ दिने कार्यक्रम तय भएको छ ।

असोज १५ गतेदेखि ललितपुरको सनराइज सम्मेलन केन्द्रमा सुरु भएको प्रथम विधान महाधिवेशन आज सम्पन्न गर्ने तयारी रहेको छ । विधान महाधिवेशनमा देशभरबाट ६ हजार ३ सय ४७ प्रतिनिधि सहभागी भएका छन ।

नेकपा एमालेलाई अझै सशक्त बनाउनु पर्ने र केन्द्रमा पदाधिकारीहरुको संख्या बढाउनुपर्ने लगायतका सुझावहरु आएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिएका छन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button