गृहमन्त्री र प्रधानसेनापतिको पीसीआर रिपोर्ट सार्वजनिक

काठमाडौं । कोरोना भाइरस संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका गृहमन्त्री रामबहादुर थापा र प्रधानसेनापति पूर्णचन्द्र थापाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ।
सीसीएमसीको सचिवालयमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण देखिएपछि गृह मन्त्री रामबहादुर थापा, रक्षामन्त्री इश्वर पोखरेल , स्वास्थ्यमन्त्री भानुभक्त ढकाल प्रधानसेनापति पूर्णचन्द्र थापा लगायत कन्ट्याक्ट ट्रेसिङमा परेका थिए।
कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र (सीसीएमसी) अन्तर्गतको निर्देशक समितिका सदस्य गृहमन्त्री थापा लगायतको हिजो स्वाब संकलन गरिएको थियो।
कार्यालयका कर्मचारीमा संक्रमण पाइएपछि सबैजना होम आइसोलेसनमा बसेका थिए।
रिपोर्ट नेगेटिभ आएसँगै गृहमन्त्री र प्रधानसेनापति थापा आजबाट नियमित काममा फर्केका छन्।
गत आइतबार कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका विषयमा सीसीएमसीको बैठक बसेको थियो।
गृह मन्त्री थापासँगै सोही बैठकमा सहभागी प्रधानसेनापति पूर्णचन्द्र थापाको रिपोर्ट नेगेटिभ आएपनि अन्यको रिपोर्ट बारे भने केही जानकारी सार्वजनिक गरिएको छैन।