नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए शपथ

काठमाडौं– नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहका बीच नवनियुक्त मन्त्रीहरुले शपथ लिएका हुन्।
नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्। यस्तै, नवनियुक्त राज्यमन्त्रीहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ गराए।
प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार गठबन्धनका ४ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबाट मन्त्रीहरु नियुक्त गरेका थिए।
दोस्रो पटक भएको प्रतिनिधि सभा विघटन बदरसहित सर्वोच्च अदालतले गत असार २८ गते परमादेश जारी गरेपछि प्रधानमन्त्री नियुक्त भएका देउवाले झण्डै ३ महिनापछि शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन्। देउवाले शुक्रबार १६ जना मन्त्री र २ जना राज्यमन्त्री नियुक्त गरे।