लामो दूरीको यातायात भदौ मसान्तसम्म चल्न नपाउने

काठमाडौं । सरकारले लामो दूरीको सवारी साधन र आन्तरिक हवाई उडान भदौ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले कोरोना महामारीको जोखिम कायमै रहेको भन्दै भदौ मसान्तसम्म लामो दुरीका यातायात र आन्तरिक हवाई उडान नखोल्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए।

यसअघि भदौ १५ गतेबाट लामो, मध्यम तथा छोटो दूरीको सार्वजनिक बस सेवा सञ्चालन गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको थियो ।

कोरोनाको कहर बढेको निष्कर्ष निकाल्दै सोमबारको मन्त्रिपरिषद्को बैठकले लामो, मध्यम तथा छोटो दूरीका सार्वजनिक यातायात भदौ मसान्तसम्म नखोल्ने निर्णय गरेको हो।

त्यस्तै मन्त्रिपरिषद् बैठकले हङकङको महावाणिज्यदूतमा उदयबहादुर रानामगरलाई सिफारिस गरेको छ। रानामगर यसअघि झापाको प्रमुख जिल्ला अधिकारी थिए।

यस्तै ल्हासामा नवराज ढकाल महावाणिज्यदूत नियुक्त भएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button