स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारवाही गर्न निर्देशन

काठमाडौं । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले कोभिड–१९ सँग लड्ने स्वास्थ्यकर्मीमाथि कतै कुनै पनि प्रकारको दुव्र्यवहार गर्नेलाई कारवाही गरिने बताएका छन।

क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे)ले आयोजना गरेको भर्चुअल कार्यक्रममा उनले स्वास्थ्यकर्मीलाई दुव्र्यवहार गर्नेलाई कारवाही हुने बताए।

“स्वास्थ्यकर्मीलाई डेराबाट निकाल्ने प्रयास जस्तो कार्य अपराध हो, त्यस्तो व्यवहार कदापि सहन गर्न सकिदैन”, उनले भने, “यस्ता कार्य गर्नेलाई पहिले थुन्ने र त्यसपछि कुरा सुन्ने आदेश जारी भइसकेको छ ।”

कोभिड–१९ सँग लड्ने हतियारका रुपमा देशभरका स्वास्थ्यकर्मीमाथि पटक–पटक भै रहेको दुव्र्यवहारले मुलुकलाई नै प्रभावित पार्न सक्ने हुँदा यस्ता आदेश गर्न बाध्य भएको प्रमुख जिल्ला अधिकारी दाहालको भनाइ थियो।

उनले स्वास्थ्यकर्मीले जुनसुकै अवस्थामा पनि आफूहरु काम गर्न तयार रहेको तर समाज, काम गर्ने संस्था र घर परिवारबाट समेत बेलाबेलामा हुने व्यवहारले आहात हुने गरेको उल्लेख गरे।

कोभिड–१९ बाट पीडित जो सुकैलाई पनि निःशुल्क रुपमा उपचार दिने, परीक्षण गराउने, स्वास्थ्यकर्मीलाई चाहिने मास्क र पिपिईजस्ता सामग्री दिने निर्वाध रुपमा उपलब्ध गराउने जिम्मा सरकारको भएको हुँदा व्यवस्थापन मिलाउन आफू तयार रहेको उनको भनाइ थियो।

मानव अधिकारका लागि एक महिला संस्थाका संस्थापक अध्यक्ष लिलि थापाले स्वास्थ्यकमीमाथि भएको दुव्र्यवहार निन्दनीय भएको उल्लेख गरे।

शहीद गङ्गालाल अस्पतालका डा नृपेश अधिकारी, सिभिल अस्पतालका स्टाफ नर्स सोना महर्जन र बी एण्ड बी अस्पतालका मेडिकल अधिकृत डा.आकृति जोशीले चिकित्सकले पछिल्लो समयमा समाजमा हेलाको दृष्टिकोणले हेर्ने गरेको र घरबेटीले घरमा नबस्न भनेको अनुभव सुनाए।

नेपाल नर्सिङ सङ्घका उपाध्यक्ष मीना बानियाँले अग्रपक्तिमा रहेर काम गर्ने स्वस्थ्यकर्मीको बीमा, भत्ता र स्वास्थ्यको विषयमा पनि गम्भीर भएर सरकारसँग वार्ता गरिरहेको जानकारी दिए।

डब्लुडब्लुजेका अध्यक्ष अमिका राजथलाले कोरोनाकाल बिताउन अभिशप्त भएकाले उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई सम्मान र प्रेरणा मिलोस भन्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरेको जानकारी दिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button