काठमाडौंको सडकमा चहलपहल बढ्न थाल्यो

काठमाण्डौँ । हिन्दु नेपालीहरुको महान चाड बडा दशैँ मनाउँन काठमाडौं छोडेर जानेहरुका कारण सुनसान बनेको काठमाडौं उपत्यकाको सडक फेरी चहलपहल बढ्न थालेको छ । मान्यजनको हातबाट दशैँको टीका लगाउन जानेहरु बढेसँगै काठमाडौंमा पुनः चहलपहल बढ्न थालेको हो ।

शुभ साइतमा घरमा टीका लगाएर आफन्तकोमा जाने क्रम बढेको छ । विजया दशमीका दिन रातो टीका र पहेँलो जमरा लगाएर देशभर हर्षोल्लासका साथ विजया दशमी मनाउने चलन छ । घटस्थापनाका दिन राखिएको जमरा आज दुर्गादेवीको प्रसादको रुपमा लगाउने गरिन्छ । असत्यमाथि सत्य र आसुरीक शक्तिमाथि दैविक शक्तिले विजय पाएको दिनको रुपमा विजया दशमी मनाउने चलन रहेको छ । आजका दिन परिवारका ठूलो सदस्यहरुबाट टीका तथा जमरा लगाइने चलन छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button