केन्द्रीय कारागारका ३ जना कैदीको मृत्यु, १ जनामा कोरोना संक्रमण

काठमाडौं । कोरोना भाइरसको संक्रमण देखिएकासहित गरी केन्द्रीय कारागार जगन्नाथदेवल (सुन्धारा)का ३ जना कैदीको मृत्यु भएको छ ।

मृत्यु भएकामध्ये १ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने अन्य २ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको छ ।

केन्द्रीय कारागारका जेलर लक्ष्मीप्रसाद बाँस्कोटाका अनुसार कोरोना संक्रमण भएका कैदी कञ्चनपुर घर भएका ४० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । उनको सोमबार साँझ मेगा अस्पतालमा मृत्यु भएको जेलर बाँस्कोटाले जानकारी दिए ।

यस्तै, अन्य २ जना कैदीको वीर अस्पतालमा मृत्यु भएको बाँँस्कोटाले बताए ।

मृत्यु भएकाअन्य २ जनामध्ये बझाङ र सिरहा घर भएका कैदी छन् । बझाङ घर भएका कैदीको भदौ ५ गते परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएको थियो ।

केन्द्रीय कारागारमा हालासम्म ५२ जना कैदीबन्दी तथा ५६ जना सुरक्षाकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

कोरोना भाइरसको संक्रमण देखिएका कैदीलाई कारागार भित्रै छुट्टै आइसोलेसन बनाएर राखिएको जेलर बाँस्कोटाले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button