भरतपुर अस्पताल विकास समिति कर्मचारी युनियनको अध्यक्षमा पौडेल विजयी

११ कार्तिक, चितवन । चितवनस्थित भरतपुर केन्द्रीय अस्पताल विकास समिति कर्मचारी युनियनको अध्यक्षमा कृष्ण पौडेल (कृष्ण प्रसाद शर्मा) भारी मतले विजयी भएका छन् । जम्मा २ सय ५९ मत खसेको मध्ये पौडेलले १ सय ३१ मत प्राप्त गरी विजयी भएका हुन ।

उनका प्रतिद्वन्द्वी विष्णुप्रसाद बास्तोलाले ६२ र डा. दामोदर तिवारीले ४९ मत प्राप्त गरे । खसेको मध्ये १७ मत भने बदर भएको थियो ।
बुधवार भरतपुरमा भएको ८ औं अधिवेशनले पौडेलको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । युनियनको उपाध्यक्षमा डा. दिपेन्द्र न्यौपाने र सचिवमा शिवप्रसाद बसेल भने निर्विरोध निर्वाचित भएका छन् ।

युनियनको कोषाध्यक्षमा डा. प्रतिक न्यौपाने र सहसचिवमा राजनबाबु तिवारी विजयी भएका छन् । यसैगरी, सदस्यहरुमा इरिना प्रधान, बुद्धलाल गुरूङ, अनुजा खनाल र रमा रिजाल विजयी भएका प्रमुख निर्वाचन अधिकृत संजय बरालले जानकारी दिए ।

विजय उत्सवमा बोल्दै नवनिर्वाचित अध्यक्ष पौडेलले आफ्नो विजय भनेकै समग्र कर्मचारीको विजय भएको प्रतिक्रिया दिए । उनले आफू सदैव कर्मचारी हकहित र अस्पतालको समग्र विकासको निम्ति काम गर्ने बताए । त्यसको लागि सबैको यस्तै सहयोग र साथ सदैव रहिरहने उनले विश्वास व्यक्त गरे । पौडेल यसअघि युनियनको उपाध्यक्ष थिए ।

सामाजिक सेवामा समेत निकै सक्रिय उनी विभिन्न संघसंस्थामा समेत नेतृत्वदायि भूमिकामा छन् । नवगठित कार्यसमितिको कार्यकाल २ वर्षको रहनेछ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना कहरकाबीच स्वास्थ्यका सबै मापदण्ड अपनाएर युनियनले असार १ गते १४ औँ वार्षिकोत्सव मनाएको थियो ।

कोभिड महामारीको कारण त्यति बेला निर्वाचन भने हुनसकेको थिएन । त्यति बेला हुनुपर्ने निर्वाचन कोरोनाका कारण बल्ल भएको हो । यसअघि युनियनको अध्यक्षमा ई. चन्द्रमणि बस्याल रहेका थिए ।

भरतपुर अस्पताल विकास समिति कर्मचारी युनियन अस्पतालमा कार्यरत कर्मचारीहरूको हकहितको लागि काम गर्दै आएको साझा संस्था हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button