गृहमन्त्रीको टोली राहत बोकेर बागलुङ प्रस्थान

काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर ७, ७ र ९ मा बाढी तथा पहिरो पीडितका लागि गृहमन्त्री रामबहादुर थापा (बादल)सहितको टोली त्यसतर्फ प्रस्थान गरेको छ । गृहमन्त्री बादलसहितको टोली बिहीबार बिहान नेपाली सेनाको हेलिकोप्टरमार्फत बाढी तथा पीहिरो प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको हो ।
गृहमन्त्री थापासँगै संघीय सांसद एवम् नेकपा नेता देवेन्द्र पौडेल, राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका सीईओ अनिल पोखरेल लगायत बाढी प्रभावित क्षेत्रमा प्रस्थान गरेका हुन् ।
अविरल वर्षासँगै सुर्कुदुङस्थित भुजी खोलामा आएको बाढीले बुधबार राति ढोरपाटन नगरपालिका वडा नम्बर ७, ८ र ९ का तटीय क्षेत्रमा रहेका घर बगाउँदा ८ जनाको मृत्यु भएको छ ।

बाढीले करिब १३ जना बेपत्ता भएका खुलेको छ । बाढीले बगाएकामध्ये १० जनाको शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।

शव फेला परेकामध्ये १ जना मृतकको पहिचान खुलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button