वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने नेकपाको निर्णय

काठमाडौं । सत्तारुढ दल नेकपाको सचिवालय बैठक सम्पन्न भएको छ ।

केही अघि सम्पन्न बैठकले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको छ ।

विहीबार बालुवाटारमा बसेको सचिबालय बैठकले गौतमलाई राष्ट्रपतिबाट मनोनित गरिने राष्ट्रिय सभाको एक रिक्त पदमा मनोनयनका लागि सिफरिस गर्ने निर्णयमा सरकार पुगेकोबारे प्रधानमन्त्री ओलीले बैठकलाई जानकारी गराएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी निर्णयअनुरूप गौतम राष्ट्रियसभा सदस्यका लागि सिफारिश हुने बैठकलाई जानकारी गराएका थिए ।

आजको बैठकमा कार्यदलको प्रतिवेदनमा छलफल गरी ठोस कार्ययोजना बनाई प्रस्ताव प्रस्तुत गरिने निर्णय भएको छ ।

बिहीबारको बैठकमा पार्टीको आन्तरिक विवाद समाधानका लागि महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले तयार पारेको प्रतिवेदन समेत पेश गरिएको थियो ।

दुई अध्यक्षका तर्फबाट बैठकमा पेश भएको प्रतिवेदनमाथि प्रारम्भिक छलफल भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

साथै, विवाद समाधानका लागि गठित कार्यदलले समयमै आफ्नो काम सम्पन्न गरेकोमा धन्यवाद दिने प्रस्ताव पारित भएको पनि श्रेष्ठको भनाइ छ ।

बिहीबारको बैठकमा प्रधानमन्त्री ओलीले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सरकारले गरिरहेका काम कारबाहीबारे बैठकलाई जानकारी गराएका थिए ।

यस्तै, देशका विभिन्न ठाउँमा बाढी र पहिरोबाट हुन गएको जनधनको क्षति, उद्दार राहत र पुनस्र्थापनाका कामको बारे पनि प्रधानमन्त्रीले बैठकलाई जानकारी गराएका प्रवक्ता श्रेष्ठले बताए ।

नेकपा सचिवालय बैठकले बागलुङको ढोरपाटनमा बाढीबाट हुन गएको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेको प्रवक्ता श्रेष्ठले बताए ।

यस्तै, बाढी प्रभावित क्षेतमा उद्दार तथा राहतका लागि तत्काल परिचालन हुन पार्टी पंतिलाई निर्देशन दिने निर्णय भएको पनि श्रेष्ठको भनाइ छ ।

राष्ट्रियसभामा रिक्त रहेको एक सिटमा उपाध्यक्ष गौतमलाई सिफारिस गर्ने निर्णय भएपछि अब अर्थमन्त्री डा.युवराज खतिवडा सरकारबाट बाहिरिने भएका छन् ।

सचिवालय बैठकले अर्थमन्त्री डा. खतिवडाको स्थानमा गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय गरेको हो ।

अर्थमन्त्री खतिवडाको राष्ट्रियसभाको पदावधि २० गतेबाट सकिँदैछ । राष्ट्रियसभाको पदावधि सकिएसँगै खतिवडाको मन्त्री पद पनि स्वतः सकिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button