ट्राफिक प्रहरीमाथि कुटपिट गर्ने ९ जना पक्राउ

साँझ उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका उनीहरुविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसूरमा म्याद थप गरेर कानुनी कारबाही अघि बढाउने तयारी गरिएको लतिलपुरका प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले बताए।
यी हुन पक्राउ परेका ९ जना
स्थानीयहरुले निषेधाज्ञा उल्लंघन गर्दै पुल्चोकमा बिहिबार दिउसो रातो मच्छिन्द्रनाथको रथ तानेका थिए।
त्यसक्रममा प्रहरीले अश्रुग्याँस र पानीको फोहोरा हानेको थियो।
सोही क्रममा भीडले मोटरसाइकलमा आइरहेका ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेमाथि निर्घात कुटपिट गरेको थियो।
प्रदर्शनकारीको कुटपिटबाट घाइते भएका जवान घिमिरेको अल्का अस्पतालमा उपचार भइरहेको छ।