आज कुन जिल्लामा कति थपिए कोरोना संक्रमित (सूचीसहित)

काठमाडौं । नेपालमा आज एकै दिन थप १ हजार ३ सय ५६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
देशभरका प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा गरी १ हजार ३ सय ५६ जनामा संक्रमण पुष्टि भएको हो ।
थप १ हजार ३ सय ५६ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४४ हजार २ सय ३६ पुगेको छ ।
संक्रमण देखिएकामध्ये २ सय ७१ जनाको मृत्यु भएको छ भने २५ हजार ५ सय ६१ जना संक्रमण मुक्त भएर डिस्चार्ज भइसकेका छन् ।
कहाँ कति थपिए ?
डा गौतमका अनुसार प्रदेश १ का जिल्लाहरुमा उदपयुरका एकजना, खोटाङका २ जना, ओखलढुंगाका २ जना, झापाका २८ जना, मोरङका ७६ जना र सुनसरीका ३९ जनामा कोरोना पुष्टि भएको छ ।
प्रदेश २ का जिल्लाहरुमा धनुषाका ४३ जना, पर्साका २७ जना , बाराका २१जना, महोत्तरीका ४६ जना, रौतहटका २ जना, सप्तरीका २६ जना, सर्लाहीका ८० जना र सिरहका एकजनामा कोरोना पुष्टि भएको छ ।
बागमती प्रदेशका जिल्लाहरुमा काठमाडौंका ३८६ जना, काभ्रेका ७ जना, चितवनका ८२ जना, दोलखाका २ जना, धादिङका १९ जना,नुवाकोटका ५ जना, झक्तपुरका ३६ जना, मकवानपुरका १८ जना, रसुवाका एकजना, रामेछापका १३ जना, ललितपुरका ३२ जना, सिन्धुपाल्चोकका ४ जना र सिन्धुलीका २ मा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेशका जिल्लाहरुमा कास्कीका २० जना, गोरखाका २६ जना, तनहुँका १२ नवलपरासी पूर्वका २८ जना, म्याग्दीका एकजना, लमजुङका १० जना, बाग्लुङका एकजना र स्याङ्जाका ३ जनामा कोरोना पुष्टि भएको छ ।
प्रदेश ५ का जिल्लाहरुमा कपिलवस्तुका ७ जना, गुल्मीका २ जना, दाङका ७ जना, पाल्पाका ६ जना,
बर्दियाका१४ जना, बाँकेका ४८ जना, रुकुम पूर्वका एकजना र रुपन्देहीका ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कर्णाली प्रदेशका जिल्लाहरुमा जाजरकोटका २ जना, जुम्लाका२१ जना, दैलेखका ९ जना, रुकुम पश्चिमका एकजना, सल्यानका एकजना, सुर्खेतका २द्द जनामा कोरोना पुष्टि भएको छ ।
सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा अछामका एकजनाजना, कंचनपुरका ५ जना, कैलालीका ५२ जना, डोटीका ४जना, दार्चुलका ३ जना, बझाङका ३ जना र बैतडीका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।