सिन्धुपाल्चोक र काभ्रेबीच सीमा विवाद चर्किंदै

सिन्धुपाल्चोक। सिन्धुपाल्चोक र काभ्रेबीचको सीमा विवाद चर्किंदै गएको छ।

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ११ डुम्रे माझीटार र बन्देउटारको अनुमानित एक सय घरधुरीको नागरिकले आफूले भोगचलन गरेकाको जग्गाको लालपूर्जा नपाउँदा राज्यले प्रदान गर्ने सेवासुविधावाट बञ्चित भएको उनीहरूको गुनासो छ।

‘हामीसँगै बसोवास गर्ने धेरै परिवारमा आमा काभ्रे छोराछोरी सिन्धुको बासिन्दा छौ’, चौतारा साँगाचोकगढी ११ तस्बिर माझीले भने।

जनकराज गिरी प्रधानपञ्च हुँदा २८ माघ २०३३ मा राजपत्रमा र २०३८ सालमा सिन्धुकै भूमि भनि नापी भएकोमा काभ्रेमा गोविन्द उप्रेती सांसद भएपछि आफूअनुकुल निर्णय गरि राज्यको कर्मचारीलाई नै दवाब पारेर मालपोत, श्रेष्ता र नापीको लगतसमेत कब्जामा लिई काभ्रेमा पारेर गैरकानुनी कार्य गरेकोप्रति अधिवक्ता रोजनराज गिरीले आक्रोस पोख।

काभ्रेको भुम्लो गाउँपालिकाले जबरजस्ती नदी किनारामा डोजर प्रयोग गरी अरनिको राजमार्ग नै धरापमा पर्ने गरि सिन्धुको भूमिमा डोजर चलाएको प्रति बन्देउटार र डुम्रेमाझी गाउँको बासिन्दाले विरोध गरेका हुन्।

बिहीबार अधिवक्ता रोशनराज गिरीको अगुवाइमा एक घन्टे चक्काजाम गरिएको थियो। उनीहरूले चक्का जामपछि गरिएको पत्रकार सम्मेलनमा सिन्धुको भूमि काभ्रेले जबरजस्ती हडपेको भन्दै थप आन्दोलनलाई सशक्त बनाउने चेतावनीसमेत दिएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button