मन्त्री खतिवडाले राजीनामा दिए

काठमाडौं । अर्थमन्त्री र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा.युवराज खतिवडाले राजीनामा दिएका छन।

खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएका हुन।

यसअघि आजै दिउसो मन्त्रिपरिषद्को बैठकमा आफूलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएकोमा प्रधानमन्त्री ओलीलाई खतिवडाले धन्यवाद दिएका थिए।

मन्त्रिपरिषद् बैठक लगत्तै खतिवडा अर्थ मन्त्रालयमा पुगेर कर्मचारीसँग बिदाइ कार्यक्रम गरेका थिए।

अर्थमन्त्रालयमा आयोजित विदाई कार्यक्रममा मन्त्री खतिवडाले वित्तीय संघीयता कार्यान्वयनको चूनौतीपूर्ण अवस्थामा आफुले जिम्मेवारी सम्हालेको भन्दै जग बसाल्न सफल भएको बताएका थिए।

आफूले जग बसालेर बिदाइ भए पनि त्यसलाई निरन्तरताको जिम्मेवारी कर्मचारीमा रहेको समेत उनले बताएका थिए।

त्यस्तै सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पुगेर पनि मन्त्री  खतिवडा कर्मचारीसँग बिदाइ भएका छन्।

२ बर्षे कार्यवधि सकिएसँगै उनको ठाँउमा राष्ट्रियसभामा वामदेव गौतमलाई लैजाने निर्णय नेकपाले गरिसकेको छ।

वामदेव सिफारिस हुने भएपछि खतिवडा बिदा भएका हुन।

२०७४ सालको फागुनमा अर्थमन्त्री भएका खतिवडाको राष्ट्रिय सभा सदस्य पद गएको फागुनमा सकिएको थियो।

संघीय संसदको सदस्य नभएको व्यक्ति पनि ६ महिनासम्म संघीय मन्त्रिपरिषदको सदस्य बन्न सक्ने संवैधानिक व्यवस्थाअनुसार उनी गत फागुनमा पुनः अर्थमन्त्रीमा नियुक्त भएका थिए । पुनः नियुक्त भएको कार्याकाल भोलि (शनिबार) सकिँदैछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button