बिकास निमार्णमा एकलौटी नगर्न काँग्रेसको चेतावानी

सिन्धुपाल्चोक । त्रिपुरासुन्दरी गाउँपालिका ३ धुस्कुनले बिकास निमार्ण लगायतका सबैखाले कार्यमा एकलौटी गरेको र स्थानीय जनताका हित भन्दा पनि नेकपाका कार्यकर्ताको मात्रै हितमा काम गरेको भन्दै धुस्कुन काँग्रेसले खबरदारी गरेको छ ।
सो वडामा निर्वाचित जनप्रतिनिधिले बिकास र सुशासनप्रति धुस्कुनबासीलाई अनुभूत हुने कुनै काम नगरेकोले खबरदारीमा उत्रिनु परेको इकाई सभापति राम कुमार रिसालले जानकारी दिएका छन् ।
पारदर्शी र जवाफदेहिताका लागि बिकास निमार्ण र वडाले गरेका कार्यका सार्वजनिक सुनुवाई गर्न पनि धुस्कुन काँग्रेसले सुझाव दिएको छ । योजना निमार्ण, कामको अनुगमन, भूत्तानीबारे सार्वजनिक सुनुवाई गर्नु पर्ने, लकडाउन अबधिभर बनाइएका उपभोक्ता समिति खारेज गर्दे भेला बोलाएर पुन सहमतीको आधारमा समिति बनाउनु पर्ने, प्रधानमन्क्री रोजगार कार्यत्रम पारदर्शी र प्रवाभकारी बनाइनु पर्ने धुस्कुन काँग्रेसले वडा कार्यालयमा ज्ञापनपत्र समेत बुझाएको छ ।
बिभिन्न क्षेत्रमा दिएको अनुदान निश्पक्ष नभएको, अल्पसंख्यक, जनजाति र गरीबीको रेखामूनि रहेका बर्ग, जातजातीको जीवनस्तर उकास्ने खालको काम नगरेको, वडा अर्न्तगत पर्ने नदीहरुमा नियम बिपरित ठेकेदार र जिल्ला समन्वय समितिसंग मिलोमतो गरी स्काभेटर लगाएको र सो कारण धुस्कुनमा बिपत्ति आउने खतरा रहेको पनि सभापति रिसालले बताएका छन् ।
धुस्कुनको हरेका काम पारदर्शी भएको र सबैलाई समेटिएको वडा अध्यक्ष सुकदेव रिसालले बताएका छन् ।
बजेटमा भागबण्डा खोज्ने, योजनामा नाफा कमाउन खोज्ने प्रबृत्तिका मान्छेलाई छट्पटाई भएको भन्दै अध्यक्ष रिसालले सबै काममा सहमती नै भएर संचालन हुदै आएको पनि बताएका छन् ।