विश्व बैंकद्वारा एक अर्ब २७ करोड अनुदान सहयोग

काठमाडौं । विश्व बैंकले नेपालमा सिकाइको स्तर सुधार्न रु एक अर्ब २७ करोड (एक करोड २५ लाख अमेरिकी डलर) बराबरको अनुदान सहयोग उपलब्ध गराएको छ ।
अर्थ मन्त्रालयमा शुक्रबार आयोजित एक कार्यक्रममा अनुदान सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । द्विपक्षीय सम्झौतामा मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका निर्देशक फारिस हदाद जर्भोसले हस्ताक्षर गरे ।