उपत्यकामा थप ४ सय ८ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा थप ४ सय ८ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार नियमित पत्रकार सम्मेलन मार्फत नयाँ संक्रमित थपिएको पुष्टि गरेको छ।
काठमाडौँमा ३२६, ललितपुरमा ३७ र भक्तपुरमा ४५ जना संक्रमित देखिएका हुन।
२४ घन्टामा जम्मा १२ हजार ४७३ जनामा पीसीआर परीक्षण भएको थियो।
यस्तै, आज थप ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको जानकारी दिए। योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या २८० पुगेको छ।
पछिल्लो २४ घन्टामा देशभर १ हजार ४१ संक्रमित थपिँदा १ हजार ५६६ डिस्चार्ज भएका छन्।