सांसद प्रेम सुवाललाई कोरोना संक्रमण

भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का नेता तथा प्रतिनिधिसभा सदस्य प्रेम सुवाललाई कोरोना संक्रमण भएको छ।

शनिबार बिहान आएको रिपोर्टमा पोजेटिभ आएसँगै उनी होम आइसोलेसनमा बसेका छन्।

भदौ १५ गते उनले परीक्षणका लागि स्वाब दिएका थिए।

भक्तपुर नगरपालिकाले च्यामासिंहमा सञ्चालन गरेको जनस्वास्थ्य ल्याबमा गरिएको परीक्षणमा उनमा कोरोना पुष्टि भएको हो। उनको अवस्था सामान्य रहेको छ।

उनको ट्राभल हिस्ट्री खोजिने र भोलिबाट कन्ट्याक्ट ट्रेसिङ कार्य हुने छ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button