भरतपुर अस्पतालका ३७ जना स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोरोना संक्रमण पुष्टि

डिलकुमारी नेपाल / खुशमाया काउचा, भरतपुर । चितवनकाे भरतपुर अस्पतालका ३७ जना चिकित्सक कर्मचारी कोरोना भाइरस कोभिड–१९ बाट संक्रमित भएका छन् ।

भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा. डा. कृष्णप्रसाद पौडेलका अनुसार सोमवारसम्म ती कर्मचारीमा संक्रमण पुष्टि भएको हो।

अस्पतालमा संक्रमितको संख्या बढ्दै गएकाले सेवा प्रवाहमा कठिनाई उत्पन्न भएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा. डा.  पौडेलले बताए। ।

अस्पतालका ३७ कर्मचारीहरु कोभिड-१९ बाट संक्रमित भएकोले सेवा प्रवाहमा कठिनाइ भइसकेको भन्दै उनले अत्यावश्यक नपरि अस्पताल नआउन आग्रह गरेका छन्। ‘कर्मचारी कम हुँदा सेवामा दुरुस्तता नआउन सक्छ यो बाध्यता पनि मनन गरिदिनुहुन अनुरोध छ। कर्मचारी संक्रमित हुने संख्या अझ बढेमा‌ सेवाप्रवाहमा केहि कटौति पनि हुँदै जान सक्ने देखिन्छ,’ उनले फेसबुकमा लेखेका छन्, ‘सकेसम्म घरमा बसौं र स्वस्थ रहौं।’

संक्रमित कर्मचारीहरु पनि पोजिटिभ भइ होम आइसोलेसनमा बसेको ७ दिनपछि वा अस्पतालबाट डिस्चार्ज भएको तीन दिनपछि ड्यूटीमा हाजिर हुनुपर्ने नयाँ निर्देशन नेपाल सरकारबाट आइसकेकोले मेसु पौडेलले सोही अनुसार गर्न भरतपुर अस्पतालका कर्मचारीलाई अनुरोध गरेका छन्।

उनले अत्यावश्यक काम पर्दा मात्रै कार्यालय प्रमुखको स्वीकृति लिएर विदामा बस्न अस्पतालका स्वास्थ्यकर्मी, कर्मचारीलाई आग्रह समेत गरेका छन्।

अस्पतालको प्रयोगशालामा १८८ नमुनाको पीसीआर र ७५ नमुनाको एन्टिजेन परीक्षण भएको थियो। पछिल्लो समय चितवनमा संक्रमितको संख्या बढ्दै गएको छ। हाल चितवनमा ८ सय बढी सक्रिय संक्रमित रहेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button