किन बार्सिलोना छाड्न नसक्ने निर्णयमा पुगे मेस्सी ?

काठमाडौं । लियोनल मेस्सी यो सिजन स्पेनिस क्लब बार्सिलोनामै रहने भएका छन् । पछिल्लो २ सातादेखि बार्सिलोना छाड्ने बताउँदै आएका मेस्सीले अन्ततः क्लब नछाड्ने घोषणा गरेका हुन् ।

आफूलाई अनुबन्ध गर्नका लागि अन्य कुनै पनि क्लबले ‘रिलिज क्लज’मा उल्लेख गरिएको रकम तिर्न असम्भव रहेको र आफूले माया गरेको क्लबलाई अदालतसम्म डो-याउन नचाहेको भन्दै मेस्सीले यो सिजन बार्सिलोना नछाड्ने निश्कर्षमा पुगेको बताएका हुन् ।

बार्सिलोना छाड्ने भन्दै अघिल्लो हप्ताको मंगलबार मेस्सीले क्लबका अध्यक्ष जोसेफ मारियो बर्तमोउलाई पत्र लेखेका थिए । तर, बार्सिलोनाले भने उनको करारमा रहेको ७० करोड युरो तिरे मात्रै अन्य क्लबले उनलाई अनुबन्ध गर्नसक्ने बताएको थियो ।

गोल डटकमसँगको कुराकानीमा मेस्सीले भनेका छन्, क्लब छाडेर जान म स्वतन्त्र छु भन्ने मलाई लागेको थियो । अध्यक्षले मलाई यो सिजनको अन्त्यमा तिमि यहाँ बस्ने कि नबस्ने भनेर निर्णय लिन पाउने छौ भनेर पनि भन्नुहुन्थ्यो । अहिले म यही कारणले यो क्लबमा निरन्तरता दिन गइरहेको छु कि अध्यक्षले मलाई कसैले ७० करोड युरो तिर्‍यो भने मात्रै म क्लब छाड्न सक्छु भनेर भन्नु भयो । जुन असम्भव छ ।

च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा बार्यन म्युनिखसँग ८–२ गोल अन्तरको लज्जास्पद हार व्यहोरेपछि मेस्सीले क्लबका अध्यक्ष बर्तमोउलाई पत्र लेखेर क्लब छाड्न चाहेको बताएका थिए ।

पत्रमा उनले आफ्नो भविष्य बार्सिलोनाभन्दा बाहिर देखेको पनि बताएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button