बाँकेमा अब के-के गर्न पाइने, के गर्न नपाइने ? हेर्नुस् सुचनासहित

बाँके। पछिल्लो समय बाँके जिल्लामा तिव्र रुपमा फैलिदै गएको कोरोनाको महामारीले गर्दा बाँके जिल्लामा प्रभाव परेको र कोरोनाको दर दैनिक बढ्दै गएकोले जिल्ला प्रशासन कार्यालय बाँकेले एउटा सुचना जारी गर्दै बाँके जिल्लामा के-के गर्न पाइने र के गर्न नपाइने भन्ने एउटा सुचना जारी गरेको छ ।

कोरोना महामारीको रोकथाम तथा नियन्त्रण गर्न बाँकेमा माघ मसान्तसम्म सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लब, हेल्थ क्लब, जिमखाना, स्वीमिङ्ग पुल, फुटसल, पटके हाट बजार र मानिसहरूको भीडभाड हुने अन्य सबै प्रकारका कार्यक्रमहरू सञ्चालन नगर्न जिल्ला प्रशासन कार्यालय बाँकेले आदेश जारी गरेको छ ।

यस्तै‚ विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप पनि भौतिक उपस्थितिमा गर्न नपाइने र शैक्षिक क्रियाकलापहरु भर्चुअल वा वैकल्पिक माध्यम बाट गराउनुपर्ने सूचनामा जनाइएको छ ।

विद्यालय, कलेजका पूर्व निर्धारित परीक्षा, जनशक्ति भर्नाका परीक्षालगायतका सबै किसिमका प्रयोगात्मक कक्षा जनस्वास्थ्यका मापदण्ड पालना गरी सञ्चालन गर्नेबारे नेपाल सरकारको पुस ३० गतेको आदेश बमोजिम गर्न सुचनामा उल्लेख गरिएको छ।

यस्तै विद्यालयस्तर तथा सर्वसाधारणका लागि संचालन भएको खोप अभियान निर्वाध रुपमा संचालन गर्ने खोपको आपूर्ति सहज बनाई बिधालयहरुमा खोप कार्यक्रमलाई अभियानकै रुपमा संचालन गर्नुपर्ने जिल्ला प्रशासन कार्यलय बाँकेका प्रमुख सुर्य बहादुर खत्रीले सूचना मार्फत जानकारी गराएका छन।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button