नेपाल एअरलान्सद्वारा ‘क्लास’ अनुसार भाडादर तय

काठमाडौं ।  नेपाल वायुसेवा निगमले भदौ १७ देखि नियमित उडान सुरु गरेको छ । उक्त उडानको हवाई भाडादर महँगो भएको भनी आएको विषयप्रति निगमको ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाल वायुसेवा निगमले एक सूचना जारी गर्दै ‘वायुसेवा कम्पनीहरुले नियमित उडानका लागि हवाई भाडा निर्धारण गर्दा विभिन्‍न क्लासमा वर्गीकरण गरेको हुन्छ । निगमले पनि सोहीबमोजिम विभिन्‍न सेक्टरका लागि नियमित उडानको भाडादरको रेन्ज निम्‍नानुसारको निर्धारण गरेको छ ।’ नियमित हुने उडानमा यात्रुले ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ अनिवार्य रुपमा पेस गर्नुपर्नेछ । साथै उडान संख्या, यात्रु तथा वर्गीकृत क्लासमा तोकिएको सीट संख्याको उपलब्धताको अनुपातमा उल्लेखित भाडादर भने परिवर्तन हुनसक्ने निगमले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button