पवित्र महासभा भव्यताका साथ सम्पन्न

झापा । नेपाल भम्रण वर्ष २०२० लाई लक्षित गरी देशमा रहेको विकृति, विसंगति र दैवीक विपत्ति लगायत सम्पूर्ण समस्या निराकरणका लागि शान्तिको कामना सहित एक दिने राष्ट्रका लागि पवित्र महासभा सम्पन्न भएको छ ।

झापाको कमल गाउँपालिका वडा नं. ५ पाँडाजुँगीस्थित आदिवासी रंगशालामा सम्पन्न पवित्र महासभा झापा जिल्ला इसाई समाजको आयोजना तथा सम्पूर्ण ख्रीष्टियन समाजको प्रार्थना मेलमिलाप तथा एकता अभियान, इसाई नारी, पुरुष एकता प्रार्थना समुह, स्वतन्त्र विश्वव्यापी मण्डली र वि.नि.प्र.प. सेवकाई नेपालले सहआयोजनामा गरेको हो ।
स्वतन्त्र विश्वव्यापी मण्डलीका वरिष्ठ पास्टर तथा वि.नि.प्र.प. सेवकाई नेपालका संस्थापक अन्तरराष्ट्रिय वक्ता डा. रेभ. चेत बहादुर खेरलबाट विशेष प्रार्थना गरिएको सो सभामा प्रदेश १ का १४ वटै जिल्लाबाट हजारौको संख्यामा आएका विभिन्न रोगीविरामी र आत्मिक समस्यामा परेकाहरू भेला भएका थिए । देशमा व्याप्त भ्रष्टाचार र कुरीतिका विरुद्ध र देशका नेतृत्व वर्गहरुलाई इश्र्वरीय शक्तिद्धारा राष्ट्र संचालन गर्न अद्भुत ज्ञान र वुद्धि प्राप्त होस भनि विशेष प्रार्थना गरिएको पास्टर दानियल सुब्बाले हामीलाई बताउनुभयो ।

आयोजकले सम्पन्न सभामा विभिन्न जिल्लाबाट आएका रोगीविरामीहरुले वर्षौ देखि भोगेका पीडा तथा शारीरिक रोगहरु निको भएको बताएका छन् भने उपस्थित सहभागीहरु पनि अद्भुत शक्तिको महशुस भएको भन्दै आफुहरु आश्चर्यमा परेको बताएका थिए । महासभाका सहआयोजक वि.नि.प्र.प. सेवकाई नेपालका संस्थापक अध्यक्ष तथा स्वतन्त्र विश्वव्यापी मण्डलीका वरिष्ठ पास्टर डा. खरेलका अनुसार भव्य सभामा देशमा व्याप्त कुरीति, कुसंस्कार र गलत क्रियाकलाप निराकरणका लागि प्रार्थना गरिएको र देशमा दिगो शान्तिको कामना सहित भ्रमण वर्षलाई समेत सफल पार्ने लक्ष्यसहित नेपाल विश्वकै शान्ति मुलुक भएको सन्देश प्रवाह गर्दै अध्यात्मिक ईश्वरीय प्रार्थनाद्वारा शान्तिको कामना गरिएको बताउनुभयो । उहाँले समाजमा धार्मिक सद्भाव एकता भाइचारालाई कायम राख्दै राष्ट्रको परिचयलाई विश्वमा कायम गराउने उदेश्यका साथ कार्यक्रम सम्पन्न भएकाले यस महासभा सम्पन्न गराउन सहयोग र सहकार्य गर्नुहुने सबै सम्बन्धित सरोकार पक्षलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button