नेपालमा थप ९ सय ७९ जनामा कोरोना भाइरसको संक्रमण

काठमाडौं । नेपालमा थप ९ सय ७९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरको विभिन्न प्रयोगशालामा गत २४ घण्टामा गरिएको परीक्षणका क्रममा ९ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
थप ९ सय ७९ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कूल संक्रमितको संख्या ४७ हजार २ सय ३६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १ हजार ७ सय ३६ जना संक्रमण मुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । हालसम्म कोरोना भाइरसको संक्रमणबाट मुक्त हुनेको संख्या ४७ हजार २ सय ३६ जना पुगेको छ ।