चीन र भारतकाे सीमा क्षेत्र पूर्वी लद्दाखमा दोहोरो फायरिङ

काठमाडाैं । चीन र भारतका सैनिकबीच फेरि भिडन्तको खतरा देखिएकोे छ । सोमबार सीमा क्षेत्र पूर्वी लद्दाखमा दुई देशका सैनिकबीच दोहोरो फायरिङ भएको भएको छ ।

दुवै देशका सैनिकले एकअर्कालाई पहिले फायरिङ गरेको आरोप लगाएका छन् ।

चिनियाँ सैनिकले भारतीय सैनिकले फेरि वास्तविक सीमा रेखा पार गर्दै धम्की स्वरूप फायरिङ गरेको आरोप लगाएको छ ।

चीनको सरकारी मिडिया ग्लोबल टाइम्सले चिनियाँ सेनाका प्रवक्ताको भनाइ उधृत गर्दै भनेको छ, ‘स्थिति नियन्त्रणमा लिन चिनियाँ सेना पनि प्रतिकार (फायरिङ) गर्न बाध्य भयो।’

भारतीय समाचार एजेन्सी एएनआईले पनि पूर्वी लद्दाखमा फायरिङ भएको उल्लेख गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button