सामाजिक संजालमा आफनो चरित्रहत्या गर्नेहरुलाई प्रमाण देखाउन नेविसंघ सभापति श्रेष्ठको चुनौति

निरोज तोलाङे / काठमाडौं । नक्कली फेसबुक आइडी बनाई आफ्नो चरित्र हत्या गर्न खोजेको भन्दै अरनिको कलेजका स्ववियु सभापति तथा नेपाल विद्यार्थी संघका क्षेत्रीय सभापति हेमन्त श्रेष्ठले घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कारवाहीको माग गरेका छन् ।
भाद्र १९ गते साझको समयमा तातोपानी ठेगाना राखी जीवन राउत भन्ने व्यक्तिको नामबाट नक्कली फेसबुक एकाउन्ट खोली बाह्रविसे नगरपालिकाको नेपाली कांग्रेसको गतिविधि भनी बुदा नम्बर ४ मा उल्लेखित तल्लो स्तरको तुच्छ नैतिकहिन कार्यमा आफूलाई लगाएको आरोप र दुस्प्रचारको अरनिको नेविसंघका क्षेत्रीय सभापति श्रेष्ठले एक विज्ञप्ती जारी गरी भत्र्सना गरेका छन् ।
श्रेष्ठले सामाजिक संजालमा आफूलाई बदनाम गराउने र चरित्रहत्या गर्ने दुस्प्रयास भएकोले त्यसमा कुनै सत्यता नभएको स्पष्ट पार्दै उनले विभिन्न सामाजिक सञ्जाल र अनलाइन मिडियामा फैलाइएको अफवाहको प्रमाण देखाउन चुनौति दिएका छन ।
पछिल्लो समयमा नेकपा नेता र नगर प्रमुख विगत केही दिनहरुबाट आफनो कालो कर्तुतहरु लुकाउन, गलत नामको नक्कली नयाँ फेसबुक आइडि बनाउने र नेपाली कांग्रेसका नेता तथा कार्यकर्तालाई विभिन्न आरोप लगाई पटक-पटक बद्नाम गर्ने र जेल हाल्नेसम्मको कु-चक्र रचेर दुःख दिने गरेको विज्ञप्तीमा भनिएको छ ।
श्रेष्ठले आफूलाई लगाएको लान्छनको कानूनी उपचारसमेत खोज्ने बताएका छन । साइवर अपराध र चरित्र हत्या सम्वन्धी कारवाहीको माग गर्दै शनिबार इलाका प्रहरी कार्यालय बाह्रविसेमा जाहेरी दर्ता गराएका छन ।
श्रेष्ठद्वारा जारी बिज्ञप्ति :