देशभर थप ९ सय २ जनामा कोरोना भाइरसको संक्रमण

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ९ सय २ जना कोरोना भाइरस (कोभिड १९) का संक्रमित थपिएका छन् ।

देशभरका प्रयोगशलामा १० हजार ६ सय ११ जनाको आरटी पीसीआर विधिबाट नमूना परीक्षण गर्दा  ९ सय २ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

थप ९ सय २ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना भाइरसका कूल संक्रमितको संख्या ४८ हजार १ सय ३८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ हजार २ सय ८७ जना संक्रमण मुक्त भएका छन् । हालसम्म संक्रमण मुक्त हुनेको संख्याा ३२ हजार ९ सय ६४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यससँगै नेपालामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ६ पुगेको छ ।

नेपालमा हालसम्म ७ लाख ८८ हजार १ सय ७४ जनाको आरटी पीसीआर विधिबाट कोरोना भाइरसको परीक्षण गरिएको छ । जसमध्येका ४८ हजार १ सय ३८ जनाको रिपोर्ट पोजेटिभ आएकोमा १४ हजार ८ सय ६८ जना सक्रिय संक्रमित छन् ।

यस्तै, ५ हजार ३ सय १० जना कोरोना संक्रमणको आशंकामा अझै क्वारेन्टाइनमा रहेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button