काठमाडौं निषेधाज्ञा सकिँदै, परिमार्जनको तयारी

काठमाडौं । काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा भदौ २४ गते बुधबार(आज) रातिबाट सकिँदैछ ।

काठमाडौं, भक्तपुर र ललितपुरमा लगाइएको निषेधाज्ञामा केही परिमार्जन गर्ने वा यथावत् राख्ने विषयमा आज निर्णय हुनेछ ।  यसअघि हिजो उपत्यका तीनै प्रमुख जिल्ला अधिकारीबीच भर्चुअल बैठकसमेत भएको थियो ।

आज मध्यरातदेखि निषेध सकिने भएसँगै केही परिमार्जनको तयारी गरिएको छ ।

कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रण गर्न भदौ ३ गते बुधबार रातिबाट जारी निषेधाज्ञा क्रमशः खुकुलो बनाउँदै लैजाने रणनीतिअनुरूप परिमार्जन गर्न लागिएको हो ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले २० दिनको अवधिमा कोरोना नियन्त्रणमा धेरै सुधार आएको दाबी गरे ।

उनले निषेधाज्ञा परिमार्जन गरिएसंँगै आउन सक्ने सम्भावित महामारी सङ्क्रमणसम्बन्धी समस्या र चुनौतीका विषयमा छलफल जारी रहेको बताउँदै उपयुक्त निर्णयमा पुग्ने बताए ।

काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी, जनस्वास्थ्य प्रतिनिधि, सुरक्षा निकायका पदाधिकारीलगायत सम्बद्ध अधिकारीबीच मङ्गलबार निषेधाज्ञाको विषयमा छलफल भएको थियो ।

छलफलमा निषेधाज्ञा खुकुलो बनाउँदै लैजाने, उपत्यकाको नाकाबाट हुने आवागमन व्यवस्थित पार्ने, सार्वजनिक यातायातका साधनमा जोरबिजोर लागू गर्ने, बजार खुला गर्ने तथा सामाजिक दूरी लगायतका विषयमा छलफल भएको थियो ।

निषेधाज्ञा परिमार्जनका विषयमा उठेका विषयमा थप स्पष्ट पार्न तथा परिमार्जन गर्न तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले गृह सचिव महेश्वर न्यौपानेसँंग मङ्गलबार छलफल गरेका थिए । दशै‌

, तिहार, छठ तथा नेपाल संवत् लगायतका चाडपर्व नजिकिँदै गएकाले कोरोनाको महामारी भयावह हुन नदिन कसरी अगाडि बढ्ने तथा उद्योग व्यवसाय सञ्चालन र बजार खुला राख्ने विषयमा मापदण्ड तोक्ने तयारी भएको छ ।

बैठकमा निषेधाज्ञा परिमार्जन गरिएसँंगै उपत्यकामा कोरोना सङ्क्रमण भयावह हुने सम्भावना छ तर त्यस्तो अवस्था आउन नदिन पीसीआर परीक्षण, क्वारेन्टाइन र सङ्क्रमितका लागि आइसोलेसनको व्यवस्था गर्ने विषयमा गम्भीर छलफल भएको थियो ।

निषेधाज्ञा जारी रहँदा मानिसको दैनिकी कष्टकर भएको भन्दै चौतर्फी बिरोध भइरहेको छ । व्यवसायीहरुले समेत निषेधाज्ञा जारी रहे त्यसको अवज्ञा गर्ने चेतावनी दिएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button