ढोरपाटनलाई समृद्धिसँग जोड्नुपर्छ : मुख्यमन्त्री पोखरेल

काठमाडौँ, ५ चैत । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ढोरपाटनलाई प्रदेशको समृद्धिसँग जोड्नुपर्ने बताउनुभएको छ ।
बाग्लुङका विभिन्न कार्यक्रममा सहभागी हुँदै उहाँले नेपालको एकमात्र सिकार आरक्षका रुपमा रहेको ढोरपाटन स्वदेमा मात्रै नभएर विदेशमा पनि चासो र चर्चा पाएको स्थल भएकाले यसलाई प्रदेशको समृद्धिसँग जोड्नुपर्ने बताउनुभयो ।
ढोरपाटनसहित यस आसपासका क्षेत्रमा पूर्वाधार निर्माणसँगै सर्वसाधारणको अपेक्षाअनुरुप विकासका गतिवधि अघि बढाउन सरकार प्रतिबद्ध भएको जनाउँदै मुख्यमन्त्री पोखरेलले प्राथमिकताअनुसार योजना तय गर्न आग्रह गर्नुभयो । त्यस्तै ढोरपाटनमा आयोजित कार्यक्रममा मुख्यमन्त्री पोखरेलले स्थानीय समृद्धि र विकासका लागि एकताबद्ध भएर जानु सकारात्मक भएको बताउनुभयो ।