उपत्यकामा सार्वजनिक सवारी चल्ने, अरु के-के खुल्छन् ? (सूचीसहित)

काठमाडौं । काठमाडौं उपत्यकामा भोलिबाट सार्वजनिक यातायात पनि चल्ने भएका छन्।
मंगलबार र बुधबार सुरक्षा अधिकारी र गृहमन्त्रालयसँगको परामर्शमा तीनै जिल्लाका सीडीओ कार्यालयले नयाँ आदेश जारी गरेका हुन्।
नयाँ आदेश अनुसार अब भोलिबाट १६ सिटभन्दा माथिका सार्वजनिक यातायातका साधन पनि खोल्न पाइने भएको छ। जोरविजोर प्रणाली लागू गर्दै यातायात खुलाउने निर्णय ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको सामूहिक बैठकले निर्णय गरेको हो।
स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर उद्योग र कलकारखाना खोल्न पाइने छ।