कांग्रेस नेता सुवासबाट झोला र शैक्षिक सामग्री सहयोग

रातोपाटीन्युज, सिन्धुपाल्चोक । कांग्रेस युवा नेता सुवास तिमल्सिनाले निजी खर्चमा बलेफी गाउँपालिका–५ का तीन बिद्यालयका सयौं बिद्यार्थीलाई झोला र शैक्षिक सामाग्री सहयोग गर्नुभएको छ ।

बलेफी गापा–५ का जनसेवा आधारभूत बिद्यालय, बिञ्ज्याल आधारभूत बिद्यालय र सेतीदेवी आबि ज्यामिरेमा उहाँले लाखौंको झोला, कापीकलम लगायतका सामाग्री बिद्यार्थीलाई सहयोग गरेको जानकारी दिनु भयो ।

शैक्षिक खर्च जुटाउन समेत बिद्यार्थी आफैले काम गरेर पढाईलाई निरन्तरता दिदैं आएको खबरपछि तिमल्सिनाले उनीहरुको शिक्षण क्रियाकलापमा उत्साह थप्न सहयोग गरेको बताउनु भयो ।

बिद्यार्थीलाई झोला र शैक्षिक सामाग्री बितरण गर्न बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्री, नेकाँ महासमिति सदस्य राजेन्द्रप्रसाद श्रेष्ठ, क्षेत्रीय सचिव कृष्णप्रसाद आचार्य, नेकाँ बलेफी गापा सभापति रामकुमार तामाङ लगायतका नेता कार्यकर्ता झोला र शैक्षिक सामाग्री बितरणमा सहभागिता जनाएका थिए ।

जनसेवा आबिका प्रधानध्यापक तोक बहादुर सुबेदी, बिञ्ज्याल आबिका प्रअ रेशम बहादुर तामाङ, बिद्यार्थी, अभिभावक लगायतले सहयोगी तिमल्सिनालाई धन्यवाद ब्यक्त गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button