उर्जा मन्त्रालयले कुलमानको कार्यकाल ४ बर्ष थप्न प्रस्ताव लैजाने

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल थप्नेबारे उर्जा मन्त्रालयले मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लैजान भएको छ।
शुक्रबार मन्त्रिपरिषद् बैठक बोलाइएको छ। थप चार वर्षका लागि घिसिङको कार्यकाल थप्ने प्रस्ताव उक्त मन्त्रीपरिषद बैठकमा उर्जामन्त्री वर्षमान पुनले लैजाने छन्।
कार्यकारी निर्देशक घिसिङको पहिलो चार वर्षे कार्यकाल २९ भदौ अर्थात सोमबार सकिँदै छ।
उनको कार्यकाल सकिएसँगै थप हुनुपर्ने आवाज सामाजिक सञ्जालमा व्यापक रुपमा उठेको छ। पहिलो चार वर्षे कार्यकालमा कुलमानले लोडसेडिङ अन्त्य गरेर नेपाल विद्युत प्राधिकरणलाई नाफामा लैजान सफल नेतृत्व गरेका छन्।
बालुवाटार स्रोतका अनुसार नियमित (बिहीबार) बस्ने भनिएको मन्त्रीपरिषद बैठक शुक्रबारका लागि सारिएको छ। उक्त बैठकले कुलमानको कार्यकाल थप्ने नथप्ने बारे निर्णय लिने छ।