नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार नाघ्यो, २४ घण्टामा १२४६ थपिए

काठमाडौं । नेपालमा थप १ हजार २ सय ४६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १ हजार २ सय ४६ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार ४ सय ६५ पुगेको छ ।