काठमाडौं प्रशासनले ‘सञ्चालन गर्न पाइने क्रियाकलाप’को एउटा बुँदा सच्यायो

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहिबारबाट लागूहुने गरि निषेधाज्ञा खुकुलो गरेको छ भने यातयातमा जोर विजोर लागू गरेको छ।

उपत्यकाका ३ वटै जिल्ला प्रशासन कार्यायले बुधबार उक्त सामूहिक निर्णय गरेका हुन।

३ वटै प्रशासनले सामूहिक निर्णय सूचना मार्फत सार्वजनिक गरेका थिए।

काठमाडौं प्रशासनले निषेधाज्ञाअन्तर्गत ‘सञ्चालन गर्न पाइने क्रियाकलाप’को बुँदा नम्बर १४ मा अन्यथा भएको भन्दै सच्याएको छ।

बिहीबार ‘थप स्पष्ट पारिएको सूचना’ जारी गर्दै काठमाडौं प्रशासनले विदेश जाने व्यक्तिहरूलाई आवतजावतमा सहजीकरण गर्न सकिनेछ साथै यसका लागि भिसा सहजीकरण गर्ने निकायहरू (भिसा प्रोसेसिङ सेन्टर) सञ्चालन गर्न पाइनेछ’ हुनुपर्नेमा अन्यथा पर्न गएकाले सच्याइएको जानकारी दिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button