बालुवाटारमा नेकपा स्थायी कमिटी बैठक, एकछिन सहभागी भएर बाहिरिए ओली

काठमाडौं । झन्डै डेढ महिनादेखि स्थगित रहेको नेकपा स्थायी कमिटीको बैठक बालुवाटारमा शुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवासमा शुरु भएको बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली भने केही समय सहभागी भएर बाहिरिएका छन् ।

बैठक अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को अध्यक्षतामा सञ्चालन हुने जनाइएको छ ।

बिहीबार नै टुंग्याउने गरी बसिरहेको बैठकमा अध्यक्षद्वय ओली र प्रचण्डको प्रतिवेदन पेश हुने छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button