images
images
  • रोशन श्रेष्ठको पत्रकारिता यात्रा, खोज समाचारको स्थापना देखि नयाँलाई बढी प्राथमिकता दिएको आरोप सम्म

    काठमाडौं — पछिल्लो केही वर्षयता डिजिटल पत्रकारिता नेपाली मिडियामा तीव्र गतिमा अघि बढिरहेको छ। यही प्रवाहसँगै, सञ्चारकर्मी रोशन श्रेष्ठको पहलमा सुरु भएको अनलाइन प्लेटफर्म “खोज समाचार” ले पनि आफ्नै ठाउँ बनाउँदै आएको छ। २०७८ साल साउन ७ गते सूचना तथा प्रसारण विभाग तथा प्रेस काउन्सिल नेपालमा विधिवत् रूपमा दर्ता भएको खोज समाचार हाल बेथेल मिडिया हाउस प्रा.लि. अन्तर्गत सञ्चालित छ।

    काठमाडौं महानगरपालिका–३२, पेप्सिकोला स्थित कार्यालयबाट सञ्चालनमा रहेको यो प्लेटफर्मले नेपाली भाषामा समाचार सामग्रीलाई लेख र भिडियो दुवै माध्यममार्फत सार्वजनिक गर्दै आएको छ। सञ्चारकर्मी श्रेष्ठको भनाइमा, “खोज समाचार सुरु गर्नुको मुख्य उद्देश्य थियो— समाजमा बढ्दो भ्रष्टाचार, विकृति र विसङ्गतिप्रति खबरदारी गर्ने, अनि युवाहरूलाई राष्ट्रिय विषयमा सजग तुल्याउने।”

    यसैलाई ध्यानमा राख्दै, खोज समाचारले सुरूवातदेखि नै राजनीतिक चेतना, सामाजिक उत्तरदायित्व र स्वतन्त्र पत्रकारितामा जोड दिँदै आएको देखिन्छ। हाल कम्पनीमा ५ जना स्थायी कर्मचारी कार्यरत छन् भने सम्पादकीय जिम्मेवारी पुष्पा तामाङले सम्हाल्दै आएकी छन्। सामाजिक सञ्जालमा प्रभाव खोज समाचारको समाचार र सामग्रीहरू विशेषगरी डिजिटल माध्यममा केन्द्रित छन्।

    फेसबुकमा यस प्लेटफर्मलाई ८ लाखभन्दा बढी प्रयोगकर्ताले पछ्याएका छन् भने युट्युबमा ४५ हजारभन्दा बढी सदस्यता रहेका छन्। सामाजिक सञ्जालमार्फत फरक प्रस्तुतीकरण र नेपाली जनतासँग प्रत्यक्ष संवाद गर्ने शैलीले खोज समाचारलाई छुट्टै पहिचान दिलाएको छ।

    यद्यपि, खोज समाचारले अन्य ठूला मिडियाजस्तै विशाल संरचना वा बजेट नभएको स्वीकार गर्दछ। तर सानो टोलीमार्फत सत्य र सन्तुलित जानकारी दिन सकिन्छ भन्ने विश्वासमा आधारित रहेर यसको सञ्चालन भइरहेको छ। तर श्रेष्ठले आफुलाई निष्पक्ष समाचार प्रस्तुत गर्ने ब्यक्तिको रुपमा चिनाउन खोजेपनी उनको शैलिमा बढी एकपक्षिय हुने गरेको आरोप भने लाग्दै आइरहेको छ ।

    उनले देशमा भैरहेको राजनीतिक गतिविधिको बारेमा बढी कभरेज र चर्चा गर्ने भएकोले गर्दा नेपालमा अहिले नया र बैकल्पिक भनेर उदाएको राजनीतिक दल र केही ब्यक्तिहरुको बारे अलिक बढी फोकस गरेर वा भनौ पक्षपोषन गरेर आफ्नो भिडियो समाचार सामाग्री तयार पार्ने गरेको भन्ने आरोप उनिमाथी लाग्दै आइरहेको छ ।

    किनकी उनले सुरुवाती समयमा अहिले नयाँ उदाएको दल रास्वपा यस्तै बालेन शाह, हर्क साम्पाङ र गोपाल हमालहरुको अलिक बढी नै पक्षपोषण गर्दै भिडियो सामाग्रीहरु प्रस्तुत गर्दै आइरहेका थिए । तर पछिल्लो समय भने उनको शैलीमा क्रमश सुधार हुदै गएको छ । तरै पनि अझै उनलाई नयाँ राजनीतिक दल र केही ब्यक्तिहरुको अलिक बढी पक्षपोषण गर्छन् भन्ने आरोप भने लागि नै रहेको देखिन्छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै