images
images
  • Latest Update

    Trending

    गाजा आक्रमणमा ज्यान गुमाउने प्यालेस्टिनीको संख्या २९ हजार १९५ पुग्यो

    एजेन्सी । इजरायली आक्रमणका कारण गाजामा प्यालेस्टिनीको मृत्यु हुनेको संख्या २९ हजार १९५ पुगेको छ । गाजास्थित स्वास्थ्य मन्त्रालयले मङ्गलवार साँझ इजरायली आक्रमण जारी रहँदा गाजापट्टीमा मृत्यु हुनेको संख्या २९ हजार १९५ पुगेको बताएको हो ।

    ६९ हजार १७० अन्य घाइते भएको बताएको छ । विगत २४ घण्टामा इजरायली सेनाले स्ट्रिपमा १०३ प्यालेस्टाइनीको हत्या गरेको र १४२ जना घाइते भएको मन्त्रालयले जनाएको छ । भारी बमबारी र सिभिल डिफेन्स र एम्बुलेन्स टोलीको अभावमा केही पीडितहरू भग्नावशेषमुनि रहेको उल्लेख गरिएको छ ।

    इजरायली सेनाले हमास बिरुद्ध गाजापट्टीको उत्तर, केन्द्र र दक्षिणमा आफ्नो कारबाही जारी राखेको र धेरै लडाकुहरूलाई मारेको बताइएको छ । इजरायली सेनाले गाजा लडाईंमा घाइते भएका २२ वर्षीय सैनिकको मृत्यु भएको घोषणा गरेको छ । जसका कारण भूमिगत अपरेशनमा मारिएका इजरायली सैनिकको मृत्यु हुनेको संख्या २३६ पुगेको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्