images
images
  • Latest Update

    Trending

    प्रशंसा सामाजिक सेवा नेपालद्वारा विपन्न बालबालिकालाई झोला वितरण

    मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिका वडा नं. ७ कोथलिटारस्थित श्री प्रार्थमिक विद्यालयमा अध्ययनरत चेपाङ र तामाङ समुदायका विद्यार्थीहरुलाई झोला वितरण गरेको छ ।

    आइतबार प्रशंसा चर्च धापासी, काठमाण्डौँको आर्थिक सहयोग तथा प्रशंसा सामाजिक सेवा नेपालको सहयोगमा कैलाश गाउँपालिका वडा नं. ७ मा रहेको श्री प्रार्थमिक विद्यालयका ९५ जना विद्यार्थीहरुलाई झोला वितरण गरेको हो ।

    सामुदायिक विद्यालयका गरीब विद्यार्थीले स्कुल ब्याग अभावमा कापी किताब बोक्न समस्या भएकाले आगामी दिनमा विद्यार्थीहरुलाई विद्यालय आउन प्रेरणा मिलोस् र पठनपाठनमा टेवा पुगोस् भन्ने उदेश्यले सहयोग गरेको संस्थाका संयोजक विजय कुमार मानन्धरले जानकारी दिनुभयो । उनले हातमा कपिकिताब बोकेर आएका विद्यार्थीहरु झोलामा राखेर घर फर्किएपछि आफूलाई खुशीको अनुभूती भएको बताए ।

    विद्यालयका प्रधानाध्यापक सिताराम श्रेष्ठले भने, ‘गरिब, सिमान्तकृत तथा जेहेन्दार विद्यार्थीहरुलाई हातमै किताब बोकेर विद्यालय आउनुपर्ने बाध्यता थियो । त्यो बाध्यता यस विद्यालयका विद्यार्थीहरुलाई टरेको छ । अब यी बालबालिकाको पठनपाठन सहज हुने विश्वास छ,’ । झोला वितरण गर्ने क्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, वडा अध्यक्ष, समाजसेवी, वुद्धिजीविसहितको उपस्थिती रहेको थियो ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्