images
images
  • Latest Update

    Trending

    श्री राष्ट्रिय आधारभुत विद्यालयलाई कम्यूटर र प्रिन्टर सहयोग

    चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नं. २६ खद्रोउलीस्थित श्री राष्ट्रिय आधारभुत विद्यालयलाई कम्यूटर र प्रिन्टर सहयोग गरेको छ ।

    आइतबार प्रशंसा चर्च धापासी, काठमाण्डौँको आर्थिक सहयोग तथा प्रशंसा सामाजिक सेवा नेपालको सहयोगमा विद्यालयलाई १ थान कम्यूटर र १ थान प्रिन्टर सहयोग गरेको हो ।

    अहिलेको युग नै विज्ञान र प्रविधिको युग भएकोले विद्यार्थीहरुको शैक्षिण गुणस्तर विकासमा कम्प्यूटरको निकै ठुलो भूमिका रहेकोले विद्यालयलाई प्रविधिमैत्री बनाउने उदेश्यले सहयोग गरिएको संस्थाका संयोजक विजय कुमार मानन्धरले जानकारी दिनुभयो ।

    विद्यालयका प्रधानाध्यापक रमाकान्त न्यौपानेले कम्प्यूटरको सहयोगले विद्यार्थीहरु पठनपाठन तर्फ थप आकर्षित हुने बताउनुभयो । उनले सहयोगी दाता र समन्वय गर्ने संघसंस्थाप्रति आभार प्रकट गरे । संस्थाले उक्त विद्यालयलाई २ वर्ष अगाडी पनि कम्प्युटर तथा प्रोजेक्टर प्रदान गरेका थियो ।

    कम्प्युटर र प्रिन्टर वितरण गर्ने क्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, वडा अध्यक्ष, समाजसेवी, वुद्धिजीविसहितको उपस्थिती रहेको थियो ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्